बाढीको जोखिम बढे कोसी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोसी ब्यारेजका ढोका खोलिने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार ०८:५०
बाढीको जोखिम बढे कोसी ब्यारेजका ढोका खोलिने

जनकपुरधाम : जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ ।

यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।

ADVERTISEMENT

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोसी ब्यारेजका ढोका क्रमशः खोलिने बताए ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए ।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ ।

प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ ।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०८:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !