दाइजोको निहुँमा युवतीको हत्या गरी फरार अभियुक्त १८ वर्षपछि पक्राउ

दाइजोको निहुँमा युवतीको हत्या गरी फरार अभियुक्त १८ वर्षपछि पक्राउ
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ श्रावण २, शनिबार ०९:३५
दाइजोको निहुँमा युवतीको हत्या गरी फरार अभियुक्त १८ वर्षपछि पक्राउ

सिरहा : दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि एक युवतीको हत्या गरी फरार रहेका अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ रायलाई शुक्रबार पक्राउ गरिएको हो। उनी २०६५ साल भदौ ३ गते भएको हत्या घटनापछि फरार रहेका थिए।

ADVERTISEMENT

प्रहरीका अनुसार २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विवादका कारण बरियारपट्टी गाउँपालिका–५ की २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी चन्द्रिकाको उपचारका लागि भारतको बिहारस्थित पटना लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका अभियुक्तमध्ये रामनाथ रायलाई प्रहरीले खोजतलासका क्रममा उनकै गाउँबाट पक्राउ गरेको हो। पक्राउ परेका रायमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार ०९:३५
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !