बागमती प्रदेशमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्रीलाई बिना विभागीय जिम्मेवारी

बागमती प्रदेशमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्रीलाई बिना विभागीय जिम्मेवारी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १, शुक्रबार १३:४२
बागमती प्रदेशमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्रीलाई बिना विभागीय जिम्मेवारी

काठमाडौं :  बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रालय संख्या घटाएका छन् । मुख्यमन्त्री बानियाँले १४ बाट घटाएर ८ मन्त्रालय बनाएका हुन्।

मन्त्रालय संख्या घटाएपछि मन्त्रीको संख्या भने १४ नै छ । ६ जना मन्त्रीलाई बिना विभागीय बनाइएको छ ।

ADVERTISEMENT

मन्त्रीहरू किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेललाई बिना विभागीय बनाइएको छ।

यहाँका मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेसका हुन्। कांग्रेसले सबै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ। एमालेका मन्त्रीहरू हिजै सरकार छाड्ने तयारी गरेपनि केन्द्रको निर्देशनपछि रोकिएका थिए।

एमालेका एक मन्त्रीले भने- अहिले संवाद भइरहेकाले कुनै ठोस निर्देशन नआई सरकारबाट नहट्नु भन्ने निर्देश आएकाले रोकिएका छौँ ।

नयाँ समीकरण बनाउनको लागि कांग्रेस र एमाले दुवैले नेकपासँग संवाद गरिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाबाट फर्किएपछि नयाँ समीकरणबारे निर्णय हुने जनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १३:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !