जनकपुरधाममा अन्तर्राष्ट्रिय मेकअप, हेयर एन्ड ब्युटी मास्टरक्लास हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मेकअप, हेयर एन्ड ब्युटी मास्टरक्लास हुने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १, शुक्रबार ०७:५३
जनकपुरधाममा अन्तर्राष्ट्रिय मेकअप, हेयर एन्ड ब्युटी मास्टरक्लास हुने

जनकपुरधाम: सौन्दर्य कला क्षेत्रमा रुचि राख्ने तथा व्यावसायिक रूपमा आबद्ध व्यक्तिहरूका लागि जनकपुरधाममा एक दिने अन्तर्राष्ट्रिय ‘मेकअप, हेयर एन्ड ब्युटी मास्टरक्लास’ आयोजना हुने भएको छ।

अनिधि इन्टरप्राइजेज प्रालि (Anidhi Enterprises Private Limited) र उलासा इन्टरनेसनल (Ulasa International) को संयुक्त आयोजनामा जुलाई १८, २०२६ (साउन २, २०८३) मा होटल कौशल्यामा उक्त मास्टरक्लास सञ्चालन हुने आयोजकले जनाएको छ।

ADVERTISEMENT

‘Improve Your Beauty Skill’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा मेकअप, हेयर स्टाइल तथा ब्युटी उद्योगसँग सम्बन्धित आधुनिक प्रविधि, नयाँ ट्रेन्ड र व्यावसायिक सीपबारे विशेषज्ञबाट प्रशिक्षण दिइनेछ।

आयोजकका अनुसार मास्टरक्लासमा सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रविधिबारे प्रत्यक्ष सिक्ने अवसर पाउनेछन्। यसले ब्युटी पार्लर व्यवसायी, प्रशिक्षार्थी तथा सौन्दर्य क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई आफ्नो सीप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित कन्टेन्ट क्रिएटर सान्भी भगत को विशेष उपस्थिति रहनेछ। उनले सहभागीहरूसँग आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै सौन्दर्य क्षेत्रका पछिल्ला ट्रेन्डबारे पनि जानकारी गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार जनकपुरधाम तथा आसपासका जिल्लाका ब्युटिसियन, ब्युटी पार्लर सञ्चालक, विद्यार्थी र सौन्दर्य क्षेत्रमा रुचि राख्ने जोकोहीले कार्यक्रममा सहभागी हुन सक्नेछन्। यस किसिमको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणले स्थानीय सौन्दर्य व्यवसायलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार ०७:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !