सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड जरिबाना

सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड जरिबाना
मधेशपत्र मधेशपत्र २०८३ असार ३२, बिहीबार १७:२०
सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड जरिबाना

नेपाल : टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ।

विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा पौडेललाई सजाय निर्धारण गरेको हो।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।

न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि आरोप लगाएजति घुस रकम बरामद नभएको, उक्त रकम के कुन स्थानमा वा बैंकमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको उल्लेख गरेको छ।

तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै सुनिल पौडेल र दीपक आनन्दलाई बिगोबमोजिम हुने रकम बराबर दामासाहीले हुने एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना समेत सुनाएको हो।

दुवै जनालाई ८ महिनाका दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेल कसुर अपराध हुँदाको बखत राष्ट्रिय सूचना प्रविधि केन्द्रको तत्कालीन कार्यकारी निर्देशक पदमा रहेकाले थप ६ महिना कैद तोकिएको छ।

यस्तै दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा भराउन समेत अदालतको फैसलामा उल्लेख छ।

प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार १७:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !