रौतहट डिभिजन वन कार्यालयको प्रमुखमा मनोज ठाकुर

रौतहट डिभिजन वन कार्यालयको प्रमुखमा मनोज ठाकुर
मधेशपत्र मधेशपत्र २०८३ असार ३१, बुधबार ११:१२
रौतहट डिभिजन वन कार्यालयको प्रमुखमा मनोज ठाकुर

जनकपुरधाम : मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय रौतहटको प्रमुखमा अधिकृत नवौं तहका मनोज ठाकुरलाई जिम्मेवारी दिएको छ।

मन्त्रालयले असार २५ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा २६(१) बमोजिम ठाकुरलाई डिभिजन वन कार्यालय रौतहटको कार्यालय प्रमुखका रूपमा खटाएको हो।

ADVERTISEMENT

ठाकुर यसअघि वन निर्देशनालय, जनकपुरधाममा कार्यरत थिए। मन्त्रालयको निर्णयसँगै उनले रौतहट डिभिजन वन कार्यालयको नेतृत्व सम्हाल्ने भएका छन्।

प्रकाशित मिति: २०८३ असार ३१, बुधबार ११:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !