शंकास्पद गाडी राख्ने प्रवृत्तिले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ : डा. सीके राउत

शंकास्पद गाडी राख्ने प्रवृत्तिले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ : डा. सीके राउत
मधेशपत्र मधेशपत्र २०८३ असार ३०, मंगलवार ०८:१०
शंकास्पद गाडी राख्ने प्रवृत्तिले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ : डा. सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह, राजनीतिक व्यक्तित्वको निवास तथा सार्वजनिक स्थानबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयबाहिर शंकास्पद रूपमा गाडी राखिएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले यस्ता गतिविधि भविष्यमा अझ गम्भीर सुरक्षा चुनौतीमा परिणत हुन सक्ने बताएका हुन्।

ADVERTISEMENT

उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट तथा रातोपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासअगाडि पनि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाको उल्लेख गर्दै यस्ता कार्यलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “आज गेट नै छेक्ने गरी गाडी राख्न लगाइयो भने भोलि कसैले घरअगाडि विस्फोटक पदार्थ राख्यो भने के हुन्छ?” भन्दै उनले सुरक्षा निकायलाई यस्ता घटनाप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

उनले आफ्नो प्रतिक्रियामा प्रगतिशील कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’ का केही हरफसमेत उद्धृत गरेका छन्।

विभिन्न सञ्चार संस्था, सार्वजनिक स्थल तथा राजनीतिक नेताको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनापछि सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग विभिन्न क्षेत्रबाट माग भइरहेको छ।

प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार ०८:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !