सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना

सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना
मधेशपत्र मधेशपत्र २०८३ असार २९, सोमबार १७:१२
सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना

काठमाडौं : सिंहदरबारभित्र प्रवेश गर्न नदिएको भन्दै दुई महिलाले सिंहदरबार गेट अगाडि धर्ना दिएका छन्। कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालयमा प्रवेश नदिएको आरोप लगाउँदै सिंहदरबार गेटमै विरोध जनाएका हुन्।

उनीहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि भित्र जान नदिएको भन्दै विरोध गरेका छन्। साथै, गृहमन्त्री सुधन गुरुङले पीडितहरूबीच विभेद गरेको आरोप पनि उनीहरूले लगाएका छन्।

ADVERTISEMENT

उनीहरूको आरोपअनुसार केही पीडितलाई गृहमन्त्री स्वयंले भेट्ने गरे पनि आफूहरूलाई भेट्ने आश्वासन दिइएपछि पनि समय नदिइएको हो।

प्रहरीले सिंहदरबारभित्र प्रवेश गर्न नमिल्ने बताएपछि विनु यादव सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन्। निहारिका राजपुत पनि आफ्ना छोरासहित पानीमा भिज्दै गेट अगाडि बसेकी थिइन्। पछि प्रहरीले उनीहरूलाई गेट क्षेत्रबाट हटाएको छ।

प्रकाशित मिति: २०८३ असार २९, सोमबार १७:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !