नहरमा डुबेर बेपत्ता भएका १० वर्षीय बालक मृत अवस्थामा फेला

नहरमा डुबेर बेपत्ता भएका १० वर्षीय बालक मृत अवस्थामा फेला
मधेशपत्र मधेशपत्र २०८३ असार २९, सोमबार १६:४४
नहरमा डुबेर बेपत्ता भएका १० वर्षीय बालक मृत अवस्थामा फेला

सप्तरी : सप्तरीको कञ्चनरूप नगरपालिका–८, कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका १० वर्षीय बालकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरूप–८ निवासी रविन्द्र प्रमाणीका १० वर्षीय छोरा पंकज प्रमाणी आइतबार साँझ करिब ५ बजे साथीहरूसँग चन्द्र नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

ADVERTISEMENT

घटनापछि परिवारले विपद् व्यवस्थापन बेस भारदहलाई जानकारी गराएपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्कीको नेतृत्वमा उद्धार तथा खोजी टोली परिचालन गरिएको थियो। खोजी कार्यलाई प्रभावकारी बनाउन चन्द्र नहरको पानीसमेत बन्द गरिएको प्रहरीले जनाएको छ।

खोजीका क्रममा बालक डुबेको स्थानबाट करिब ७५ मिटर दक्षिणतर्फ उनको शव फेला परेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार २९, सोमबार १६:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !