मधेश प्रदेशमा बजेट विवाद समाधानका लागि सात सदस्यीय संसदीय कार्यदल गठन

मधेश प्रदेशमा बजेट विवाद समाधानका लागि सात सदस्यीय संसदीय कार्यदल गठन
मधेशपत्र मधेशपत्र २०८३ असार २८, आईतवार १६:०७
मधेश प्रदेशमा बजेट विवाद समाधानका लागि सात सदस्यीय संसदीय कार्यदल गठन

जनकपुरधाम : मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विवाद तथा समसामयिक विषयमा देखिएको गतिरोध समाधान गर्न सभामुख रामअशिष यादवले सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरेका छन्।

आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख यादवले बजेट कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक जटिलता समाधान गर्ने उद्देश्यले कार्यदल गठन गरिएको घोषणा गरेका हुन्।

ADVERTISEMENT

कार्यदलमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी , सरिताकुमारी झा लगायत सात जना प्रदेशसभा सदस्य रहेका छन्।

सभामुखका अनुसार कार्यदलले आइतबारदेखि नै आफ्नो कार्य प्रारम्भ गर्नेछ। आवश्यकताअनुसार कार्यविधि तयार गरी कार्य सञ्चालन गर्ने अधिकार पनि कार्यदललाई दिइएको छ।

कार्यदलको काम प्रभावकारी र सहज बनाउन सभामुख यादवले मधेश प्रदेश सभा नियमावली, २०८२ को नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव पेश गर्न प्रदेशसभा सदस्य रवीन्द्र श्रेष्ठलाई अनुमति समेत दिएका छन्।

प्रकाशित मिति: २०८३ असार २८, आईतवार १६:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !