सिरहामा गोली हानी भारतीय लागुऔषध कारोबारी पक्राउ

सिरहामा गोली हानी भारतीय लागुऔषध कारोबारी पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ असार १९, शुक्रबार १७:२७
सिरहामा गोली हानी भारतीय लागुऔषध कारोबारी पक्राउ

सिरहा : सिरहा प्रहरीले एक लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ गरेको छ।

भारतकाे मधुवनीका ३५ वर्षीय अब्दुल कलाम पक्राउ परेका हुन्।

ADVERTISEMENT

उनको साथबाट कटुवा पेस्तोल, २ राउन्ड गोली र ११५ ग्राम हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

लागुऔषध ब्यूरोसहितको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खुट्टामा एक राउन्ड गोली हानेको थियो।

४/५ जनाको समूहमा रहेका व्यक्तिहरूले लागुऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारि नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि बाध्यतावस गोली हान्नुपरेको ब्यूरोको दाबी छ।

प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १७:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !