कर्मचारी सरुवाको निर्णय कार्यान्वयन नगर्न अदालतद्वारा खेलकुद मन्त्रालयलाई आदेश

कर्मचारी सरुवाको निर्णय कार्यान्वयन नगर्न अदालतद्वारा खेलकुद मन्त्रालयलाई आदेश
मधेश पत्र मधेश पत्र २०८३ असार १०, बुधबार १८:३०
कर्मचारी सरुवाको निर्णय कार्यान्वयन नगर्न अदालतद्वारा खेलकुद मन्त्रालयलाई आदेश

जनकपुरधाम : आर्थिक वर्षको अन्तिम मसान्त चलिरहेको बेला कार्यालय प्रमुख सरुवा गरेको विषयमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई उच्च अदालत जनकपुर, राजविराज इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सामाजिक विकास इकाई सप्तरीका कार्यालय प्रमुख अनिल कुमार यादवले दायर गरेको रिट निवेदनमा न्यायाधीश पुष्पशिला दवाडी घिमिरेको एकल इजलासले मन्त्रालय र सम्बन्धित पक्षका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

ADVERTISEMENT

अदालतले विपक्षीहरूलाई निवेदनमा माग गरिएबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धी विषयमा थप छलफल आवश्यक रहेको भन्दै अदालतले दुवै पक्षलाई आगामी २०८३ असार १८ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

अदालतले सो अवधिसम्म सरुवाको निर्णय कार्यान्वयन नगर्न, साथै निवेदकले हालसम्म बहन गर्दै आएको जिम्मेवारी अनुसारको कामकाजमा कुनै बाधा–अवरोध सिर्जना नगर्न विपक्षीहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०८३ असार १०, बुधबार १८:३०
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !