पूर्व अर्थमन्त्री महेश यादवद्वारा कृषि सडक शिलान्यास, ग्रामीण विकासमा टेवा पुग्ने विश्वास

पूर्व अर्थमन्त्री महेश यादवद्वारा कृषि सडक शिलान्यास, ग्रामीण विकासमा टेवा पुग्ने विश्वास
मधेश पत्र मधेश पत्र २०८३ जेष्ठ २५, सोमबार २०:२३
पूर्व अर्थमन्त्री महेश यादवद्वारा कृषि सडक शिलान्यास, ग्रामीण विकासमा टेवा पुग्ने विश्वास

राजविराज : सप्तरीको राजविराज नगरपालिका–९ स्थित जोलहरी–बनहा कृषि सडक निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ।

उक्त सडकको शिलान्यास पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य महेश प्रसाद यादवले गरेका हुन्। कार्यक्रममा बोल्दै यादवले कृषि क्षेत्रको विकास र किसानको सहज आवागमनका लागि सडक पूर्वाधार महत्वपूर्ण आधार भएको बताए। उनले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरे।

ADVERTISEMENT

शिलान्यास कार्यक्रममा कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशनकुमार मेहता, इन्जिनियर राजकुमार यादव, वडा सदस्य चन्द्र यादव, पूर्व गाविस अध्यक्ष सिताराम यादव, पूर्व वडा अध्यक्ष कुञ्जीलाल यादव लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी समाजसेवीहरू नारायण यादव, रामप्रसाद यादव, रुनदी यादव, बिन्देश्वर यादव, श्रीप्रसाद यादव, जोगेन्द्र यादव, तेजु यादव, सुगम्बर यादव र भुपेन्द्र प्रसाद यादवसहित स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीय कृषि उत्पादनको ढुवानी तथा किसानहरूको आवागमनलाई सहज बनाउने उद्देश्यसहित निर्माण हुन लागेको उक्त कृषि सडकले क्षेत्रको कृषि विकास, उत्पादन वृद्धि तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले सडक निर्माणले ग्रामीण क्षेत्रका किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण पक्ष र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार २०:२३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !