गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २५, शुक्रबार १९:२१
गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्प्णी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्न संवैधानिक परिषद् बनाइए पनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरे ।

ADVERTISEMENT

उनले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले क्रूरता र बर्बरता देखाएको भन्दै आपत्ति जनाए । सभापति थापाले भूमिहीन सुकुम्वासीलाई अपराधीजस्तो गरि प्रस्तुत गर्न खोजिएको बताए ।

अहिले नेपाली कांग्रेस संघमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरूमाथि तथ्य र प्रमाणसहित संसदमा कुरा उठाउनुपर्ने उनले बताए ।

सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई संघ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राखे।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १९:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !