सीमा भन्सार कडाइ र सडक व्यवस्थापनले मधेशमा असर, अर्थमन्त्री यादवको ध्यानाकर्षण

सीमा भन्सार कडाइ र सडक व्यवस्थापनले मधेशमा असर, अर्थमन्त्री यादवको ध्यानाकर्षण
मधेश पत्र मधेश पत्र २०८३ बैशाख ७, सोमबार १२:५८
सीमा भन्सार कडाइ र सडक व्यवस्थापनले मधेशमा असर, अर्थमन्त्री यादवको ध्यानाकर्षण

जनकपुरधाम : मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले नेपाल–भारत सीमा क्षेत्रमा हाल लागू गरिएका भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवन प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार अर्थमन्त्री यादवले सीमा क्षेत्रमा कडाइ गरिएका भन्सार प्रक्रियाले दुई देशबीच सदियौँदेखि कायम ‘बेटी–रोटी’ सम्बन्धमा समेत असहजता सिर्जना गरेको उल्लेख गरेका छन्। यस विषयमा यथार्थ अध्ययन गरी नागरिकमैत्री, व्यवहारिक र सन्तुलित नीति अवलम्बन गर्न उनले नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

ADVERTISEMENT

त्यसैगरी, मधेश प्रदेशका विभिन्न स्थानमा सडक तथा सडक पेटी व्यवस्थापनका क्रममा साना तथा निम्न आय भएका व्यवसायीहरू प्रभावित भइरहेको विषयलाई पनि उनले गम्भीर रूपमा उठाएका छन्। स्पष्ट वैकल्पिक व्यवस्था विना गरिएका कदमहरूले उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई थप जटिल बनाएको उनको भनाइ छ।

अर्थमन्त्री यादवले उपर्युक्त दुवै विषयमा नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय, संवाद तथा ठोस योजनामार्फत शीघ्र समाधान निकाल्न आग्रह गरेका छन्।

उनले यसबाट सीमा क्षेत्रका नागरिकहरूको जीवनयापन सहज हुने र सामाजिक–आर्थिक सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार १२:५८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !