सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १, आईतवार ११:१९
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

शुक्रबार सुन तोलामा तीन लाख १४ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार ११:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !