कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
मधेश पत्र मधेश पत्र २०८२ फाल्गुन ३०, शनिबार २०:०६
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए।

ADVERTISEMENT

बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार २०:०६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !