धनुषा-२ मा मतदाताको विश्वास घरदैलोमा जुटाउँदै उम्मेदवार परसैला

धनुषा-२ मा मतदाताको विश्वास घरदैलोमा जुटाउँदै उम्मेदवार परसैला
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १४, बिहीबार १९:४१
धनुषा-२ मा मतदाताको विश्वास घरदैलोमा जुटाउँदै उम्मेदवार परसैला

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेश प्रसाद यादव परसैलाले औरही गाउँपालिका वडा नं. ३ कपटौल बिक्रमपुर तथा वडा नं. १ झिटकोहियाबाट घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बुधबार उम्मेदवार परसैलाले घरदैलो अभियान अघि बढाउने क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रामकृष्ण यादवको आशीर्वाद ग्रहण गरेका थिए। सो अवसरमा उनले ज्येष्ठ नेता यादवसँग निर्वाचन अभियानबारे छलफल गर्दै मार्गदर्शनसमेत लिएका थिए।

ADVERTISEMENT

आशीर्वाद ग्रहणपछि सुरु गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले उम्मेदवार परसैलालाई स्वागत गरेका थिए। विभिन्न टोलबस्तीमा पुगेका उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विस्तारका एजेण्डा प्रस्तुत गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले अपार स्नेह, माया र उत्साहजनक साथ दिएका थिए। मतदाताहरूले यसपटक परिवर्तन र विकासका लागि आफूहरू दृढतापूर्वक साथ दिने प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ।

उम्मेदवार परसैलाले जनताको विश्वासलाई सम्मान गर्दै समग्र क्षेत्रको दिगो विकास, सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको आशीर्वाद र समर्थनका आधारमा आफू विजयी हुने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार १९:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !