धनुषा–२ मा दिनेश प्रसाद यादवलाई १०१ किलो फूलमालाले स्वागत, कांग्रेस जिताउने प्रतिबद्धता

धनुषा–२ मा दिनेश प्रसाद यादवलाई १०१ किलो फूलमालाले स्वागत, कांग्रेस जिताउने प्रतिबद्धता
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १३, बुधबार १३:३०
धनुषा–२ मा दिनेश प्रसाद यादवलाई १०१ किलो फूलमालाले स्वागत, कांग्रेस जिताउने प्रतिबद्धता

जनकपुरधाम: धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश प्रसाद यादव परसैलालाई घरदैलो अभियानका क्रममा भव्य स्वागत गरिएको छ।

बुधबार शहिदनगर नगरपालिका–२ मा स्थानीय नेताहरू तथा कार्यकर्ताले उनलाई १०१ किलोको फूलमाला लगाएर सम्मान गरेका हुन्।

ADVERTISEMENT

नेपाली कांग्रेस शहिदनगर नगरपालिकाका उपसभापति शैलेन्द्र चौरवारको नेतृत्वमा आयोजित स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। सो अवसरमा वडा अध्यक्ष सतेन्द्र चौरवारले पनि उम्मेदवार यादवलाई स्वागत गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानका क्रममा यादवले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले जनताको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए।

स्थानीयले देखाएको माया, विश्वास र समर्थनले चुनावी अभियान थप सशक्त र उत्साहपूर्ण बनेको नेपाली कांग्रेसका कार्यकर्ताहरूले बताएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार १३:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !