युवालाई संगठित गर्दै छिन्नमस्तामा युवा जनमत संघ गठन

युवालाई संगठित गर्दै छिन्नमस्तामा युवा जनमत संघ गठन
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १२, मंगलवार २१:०७
युवालाई संगठित गर्दै छिन्नमस्तामा युवा जनमत संघ गठन

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शैलेन्द्र कुमार यादवको नेतृत्वमा ५१ सदस्यीय युवा जनमत संघ, छिन्नमस्ता कार्यसमिति गठन गरिएको छ। समितिको सचिवमा मनिष यादव चयन भएका छन्।

मंगलबार पालिका अध्यक्ष बिनोद यादवको अध्यक्षतामा सम्पन्न गठन कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेश कुमार झा र जिल्ला अध्यक्ष रुपेश कुमार यादव अतिथिका रूपमा उपस्थित थिए।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले युवाशक्तिलाई सही दिशामा संगठित गर्दै समाज परिवर्तन र समृद्धिको अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरे। उनले युवा नै राष्ट्रको आधारस्तम्भ भएको उल्लेख गर्दै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।

नवगठित समितिले छिन्नमस्ता क्षेत्रमा युवाहरूलाई संगठित गर्दै पार्टीका विचार र कार्यक्रम गाउँ–गाउँसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार २१:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !