घरदैलो अभियानमा सक्रिय परमेश्वर साह, धनुषा–३ मा बढ्दो चर्चा

घरदैलो अभियानमा सक्रिय परमेश्वर साह, धनुषा–३ मा बढ्दो चर्चा
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १२, मंगलवार १०:५१
घरदैलो अभियानमा सक्रिय परमेश्वर साह, धनुषा–३ मा बढ्दो चर्चा

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहको चुनावी अभियान तीव्र बन्दै गएको छ।

घरदैलो तथा प्रत्यक्ष जनसम्पर्क अभियानलाई सक्रिय बनाउँदै उनी क्षेत्रका विभिन्न गाउँ, टोल र बस्तीमा पुगेर मतदातासँग संवाद गरिरहेका छन्।

ADVERTISEMENT

पछिल्ला दिनहरूमा निरन्तर भेटघाट कार्यक्रम गर्दै साह स्थानीय तहका समस्या, विकासका आवश्यकता र जनताको अपेक्षाबारे जानकारी लिइरहेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले नागरिकका दैनिक जीवनसँग जोडिएका मुद्दा समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

उम्मेदवार साहले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’मा मतदान गरी परिवर्तनको पक्षमा उभिन मतदातासँग आग्रह गरेका छन्। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।

चुनावी अभियानमा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। विभिन्न स्थानमा जनसम्पर्क तथा चुनावी भेटघाट कार्यक्रम निरन्तर जारी रहने साहले बताएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार १०:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !