सप्तरी–२ मा डा.सीके राउतको पहलमा सडक निर्माण तीव्र, स्थानीयको उत्साह बढ्दो

सप्तरी–२ मा डा.सीके राउतको पहलमा सडक निर्माण तीव्र, स्थानीयको उत्साह बढ्दो
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १२, मंगलवार १९:०४
सप्तरी–२ मा डा.सीके राउतको पहलमा सडक निर्माण तीव्र, स्थानीयको उत्साह बढ्दो

राजविराज : सप्तरी निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सीके राउतको पहलमा लोखरम–कोचाबखारी–खुदीबखारी–कुपही–रमपुरा सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

ADVERTISEMENT

मंगलबार घरदैलो कार्यक्रमका क्रममा डा. राउत उक्त क्षेत्र पुगेपछि स्थानीय बासिन्दाले सडक निर्माणले आवागमन सहज हुने अपेक्षा व्यक्त गर्दै उनको प्रशंसा गरेका छन्। एक स्थानीय मतदाताले भने, “डा. साहेब निर्वाचित भएपछि करिब साढे दुई वर्षमा यहाँ जति विकास भयो, विगत २० वर्षमा पनि त्यति भएको थिएन,” भन्दै उनलाई ‘विकास पुरुष’ को रूपमा चित्रण गरे।

निर्माणाधीन सडकअन्तर्गत पर्ने नाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नाला सम्पन्न भएसँगै मुख्य सडक निर्माणलाई थप तीव्रता दिइने जनाइएको छ। निर्माण सम्पन्न भएपछि स्थानीयवासीले वर्षौंदेखि झेल्दै आएको धुलो र हिलोको समस्याबाट मुक्ति पाउने विश्वास लिएका छन्।

पार्टीका युवा नेता तथा इन्जिनियर संजीव नारायण यादवका अनुसार सडक निर्माणले क्षेत्रको आर्थिक गतिविधि बढाउने, बजारसम्मको पहुँच सुधार गर्ने तथा दैनिक आवागमनलाई सुरक्षित र सहज बनाउनेछ। उनले नाला कार्य सकिएलगत्तै कालोपत्रे लगायतका काम अघि बढाइने जानकारी दिए।

स्थानीय तह तथा सरोकारवालाहरूले गुणस्तरीय निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको बताएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार १९:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !