चन्द रान यादव नेकपा एमालेमा प्रवेश, उम्मेदवार उमाशंकर अरगरियाद्वारा स्वागत

चन्द रान यादव नेकपा एमालेमा प्रवेश, उम्मेदवार उमाशंकर अरगरियाद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १२, मंगलवार १०:४०
चन्द रान यादव नेकपा एमालेमा प्रवेश, उम्मेदवार उमाशंकर अरगरियाद्वारा स्वागत

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत शहिदनगर नगरपालिका वडा नम्बर ९ बिर्ताका स्थानीय नेता तथा नगर कार्यसमिति सदस्य चन्द रान यादवले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीलाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाले पार्टीमा स्वागत गरेका हुन्। सोमबार राती एक कार्यक्रमका बीच अरगरियाले यादवलाई फूलमाला र अबिरको टीका लगाएर पार्टीमा भित्र्याएका थिए।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार अरगरियाले नेकपा एमालेले विकास, सुशासन र समृद्धिका लागि स्पष्ट योजना अघि सारेकाले विभिन्न राजनीतिक पृष्ठभूमिका नेता–कार्यकर्ता आकर्षित भइरहेको बताए। उनले क्षेत्रको समग्र विकासका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

नवप्रवेशी यादवले देश र क्षेत्रको हितका लागि एमालेको नीति तथा कार्यक्रम प्रभावकारी लागेकाले पार्टीमा आवद्ध भएको बताए। उनले आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार १०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !