धनुषा–२ मा चुनावी माहोल तात्दै, अरगरिया घरदैलो अभियानमा सक्रिय

धनुषा–२ मा चुनावी माहोल तात्दै, अरगरिया घरदैलो अभियानमा सक्रिय
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन ११, सोमबार २१:१६
धनुषा–२ मा चुनावी माहोल तात्दै, अरगरिया घरदैलो अभियानमा सक्रिय

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विदेह नगरपालिका–५ मुडिवा तथा शहिदनगर नगरपालिका–७ का धबौली र नेमुवाटोलमा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा अरगरिया मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवादमा केन्द्रित देखिएका छन्। उनले स्थानीय बस्ती, टोल र समुदायमा पुगेर जनताको गुनासा, अपेक्षा र सुझाव सुनेका थिए।

ADVERTISEMENT

घरदैलोका क्रममा अरगरियाले आफूलाई जनताले दिएको विश्वासलाई विकास र सेवा मार्फत प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे। उनले सडक स्तरोन्नति, खानेपानीको सहज पहुँच, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए।

“स्थानीय समस्या स्थानीय तहबाटै समाधान हुनुपर्छ। त्यसका लागि आवश्यक नीति निर्माणसँगै स्रोत सुनिश्चित गर्न पहल गर्नेछु,” उनले मतदातासँग भने।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला समूहको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले क्षेत्रको पूर्वाधार विकास, बेरोजगारी न्यूनीकरण र कृषि क्षेत्रका समस्याबारे उम्मेदवारको ध्यानाकर्षण गराएका थिए।

अरगरियाले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै व्यवहारिक समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार २१:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !