धनुषा–२ मा नेकपाबाट रामचन्द्र झाले गराए मनोनयन दर्ता

धनुषा–२ मा नेकपाबाट रामचन्द्र झाले गराए मनोनयन दर्ता
मधेशपत्र मधेशपत्र २०८२ माघ ६, मंगलवार २१:०१
धनुषा–२ मा नेकपाबाट रामचन्द्र झाले गराए मनोनयन दर्ता

जनकपुरधाम : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं. २ मा रामचन्द्र झाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

झाले धनुषाको विदेहनगर नगरपालिकास्थित तिनकौरिया बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

ADVERTISEMENT

उनी आठौँ पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्। झा २०४८ सालदेखि लगातार निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्। २०५१ सालको आम निर्वाचन तथा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी निर्वाचित भएका थिए।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै झाले भने, ‘आज पहिलो नम्बरमै उम्मेदवारी दर्ता गरेको छु।’ यसपटकको निर्वाचनमा आफू पहिलो हुने दाबीसमेत उनले गरे।

प्रकाशित मिति: २०८२ माघ ६, मंगलवार २१:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !