सुकदेव यादवको संयोजकत्वमा साक्षर नेपालको काठमाडौं उपत्यका समन्वय समिति गठन

सुकदेव यादवको संयोजकत्वमा साक्षर नेपालको काठमाडौं उपत्यका समन्वय समिति गठन
मधेशपत्र मधेशपत्र २०८२ माघ ५, सोमबार २२:४५
सुकदेव यादवको संयोजकत्वमा साक्षर नेपालको काठमाडौं उपत्यका समन्वय समिति गठन

काठमाडौं : अभियन्ता सुकदेव कुमार यादव (सागर) को संयोजकत्वमा साक्षर नेपाल संस्थाको काठमाडौं उपत्यका समन्वय समिति गठन गरिएको छ।

नेपाललाई पूर्ण साक्षर राष्ट्र घोषणा गर्ने अभियानमा योगदान पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भई सामाजिक अभियन्ता बिनोद कुमार पालको अध्यक्षतामा स्थापित गैरसरकारी संस्था साक्षर नेपालले ललितपुरमा आज एक कार्यक्रम आयोजना गरी ११ सदस्यीय काठमाडौं उपत्यका समन्वय समिति गठन गरेको हो।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकराज शाह तथा विशिष्ट अतिथिका रूपमा रमिता नायक प्रधानको उपस्थिति रहेको थियो।

संयोजक सुकदेव कुमार यादव (सागर) नागरिकताविहीन संघर्ष समितिका प्रमुख सल्लाहकार तथा धनुषा जेन–जी परिषद्का संयोजकसमेत हुन्। उनी नागरिक अधिकार र युवा सशक्तीकरण अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्। मधेश प्रदेशको साक्षरता अवस्था सुधार गर्ने लक्ष्यसहित साक्षर नेपालले यादवको नेतृत्वमा ‘साक्षर मधेश अभियान’ सञ्चालन गर्ने तयारी गरिरहेको संस्थाका कार्यक्रम संयोजक बृजेश कुमार शर्माले जानकारी दिए।

साक्षर मधेश अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न संघीय राजधानीमा रहेका संघीय सरकारका निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका केन्द्रीय कार्यालय र सक्रिय सामाजिक अभियन्तासँग समन्वय तथा सहकार्य अपरिहार्य रहेकाले देशभरका अभियन्ता समेटेर समिति गठन गरिएको संस्थाले जनाएको छ।

नवगठित काठमाडौं उपत्यका समन्वय समितिमा
संयोजकमा सागर यादव ,सह–संयोजकमा कृष्ण आचार्य,
सदस्य सचिवमा रमिता नायक प्रधान रहेका छन्।

यस्तै सदस्यहरूमा कमलेश कुमार , हलिम बाबु खान, हरि बहादुर कार्की , उत्तम साह , सिमरन साह, रिजवान बढ्है , कृष्ण पहाडी र मिनराज गोराल रहेका छन्।

प्रकाशित मिति: २०८२ माघ ५, सोमबार २२:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !