जनकपुरधाममा जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन हुँदै

जनकपुरधाममा जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन हुँदै
मधेशपत्र मधेशपत्र २०८२ मंसिर २२, सोमबार १६:१४
जनकपुरधाममा जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन हुँदै

जनकपुरधाम : जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन आगामी पुसको पहिलो साताबाट जनकपुरधाममा आयोजना हुने भएको छ। देशभरका १८६ वटा शाखाबाट पदाधिकारी तथा प्रतिनिधि र केही अन्तर्राष्ट्रिय प्रतिनिधिसहित करिब ४ हजार सहभागी हुने आयोजकले जनाएका छन्।

जेसीआई जनकपुरधाम शाखाका अध्यक्ष मुकेश कुमार साहले सोमबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार पुस ४ देखि ७ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने महाधिवेशनका लागि संरचनात्मक, प्राविधिक तथा आतिथ्यसम्बन्धी तयारी तीव्र रुपमा अघि बढाइएको छ।

ADVERTISEMENT

महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीआई जनकपुरधामका पूर्व अध्यक्ष सुधिर पंजियारले देशका सबै १८६ शाखाबाट प्रतिनिधि सहभागी हुने र केही अन्तर्राष्ट्रिय व्यक्तित्वको पनि सहभागिता रहने जानकारी दिनुभयो। उहाँले चार दिनसम्म सञ्चालन हुने महाधिवेशनमा करिब ४ हजार अतिथिहरू जनकपुरधाम आउने बताउँदै, ठूलो संख्यामा सहभागी हुने भएकाले सम्पूर्ण तयारीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे।

महाधिवेशन जनकपुरधाममा आयोजना गर्नुको उद्देश्य सहरको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई प्रवर्द्धन गर्नु रहेको पंजियारले बताए। महाधिवेशन सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १६:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !