मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम
मधेशपत्र मधेशपत्र २०८२ मंसिर २२, सोमबार १४:४२
मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पहिलो निर्णय गरेका छन्।

सोमबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री यादवले आपतकालीन राहत उद्धारमा आवश्यक पर्ने दक्ष स्वयंसेवक उत्पादन गर्ने उद्देश्यले युवायुवतीलाई प्रशिक्षण दिई परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। सोही कार्यक्रमलाई रोजगारसँग जोड्दै प्रभावकारी बनाइने उनले बताए।

ADVERTISEMENT

मन्त्री यादवका अनुसार प्राकृतिक विपद्, दुर्घटना तथा अन्य आपतकालीन अवस्थाको सामना गर्न प्रदेशस्तरमा प्रशिक्षित जनशक्ति अभाव रहेको भन्दै जेन–जी पुस्तालाई केन्द्रमा राखेर स्वयंसेवक कार्यक्रम अघि बढाइनेछ। यसका लागि आवश्यक बजेटको व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि उनले जनाए।

अर्थमन्त्री यादव जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता हुन।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १४:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !