पर्सा प्रहरीद्वारा सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

पर्सा प्रहरीद्वारा सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १६, मंगलवार २०:१०
पर्सा प्रहरीद्वारा सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

ADVERTISEMENT

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए।

उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ।

गाँजा तस्करीमा प्रयोग गरिएको कार सहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए।

उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार २०:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !