सिराहाको बसबिट्टामा ‘रेन’ परियोजनाअन्तर्गत सुरक्षित आश्रयस्थल निर्माण सुरु

सिराहाको बसबिट्टामा ‘रेन’ परियोजनाअन्तर्गत सुरक्षित आश्रयस्थल निर्माण सुरु
मधेशपत्र मधेशपत्र २०८२ मंसिर ११, बिहीबार १७:११
सिराहाको बसबिट्टामा ‘रेन’ परियोजनाअन्तर्गत सुरक्षित आश्रयस्थल निर्माण सुरु

सिराहा : उत्थानशीलता, अनुकूलन तथा समावेशी नेपाल (रेन) कार्यक्रमअन्तर्गत सिराहा नगरपालिका–६, बसबिट्टामा निर्माण हुने सुरक्षित आश्रयस्थलको बिहिवार सिलान्यास गरिएको छ।

बेलायत सरकारको Foreign Commonwealth and Development Office (FCDO) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको रेन परियोजना People in Need (PIN) को नेतृत्व र DanChurch Aid (DCA) को सह–नेतृत्वमा अघि बढिरहेको छ। परियोजना ली–बर्ड, सीएसआरसी, प्रेरणा र युथ इनोभेशन ल्याबको सहकार्यमा मधेश र लुम्बिनीका उच्च जोखिममा रहेका सिमान्तकृत समुदायको पूर्वसूचना, पूर्वप्रतिकार्य तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

ADVERTISEMENT

सिराहा नगरपालिका प्रमुख डा. नविनकुमार यादवले सुरक्षित आश्रयस्थलको शिलान्यास गरिएको हो।

रेन परियोजना मधेश प्रदेशका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष मोरबैताकाले आश्रयस्थल २५९३ वर्गफिट क्षेत्रफलमा दुई कोठासहित अन्य आवश्यक सुविधा रहँदै निर्माण गरिने बताए ।

सिराहा नगरपालिका जलवायु परिवर्तनजन्य जोखिम, विशेषगरी बाढीबाट अत्यधिक प्रभावित क्षेत्र हो। वडा नं. ६ मा हरेक वर्ष दोहोरिने धन–जनको क्षतिलाई दृष्टिगत गर्दै सुरक्षित आश्रयस्थल निर्माण थालिएको परियोजनाले जनाएको छ।

आश्रयस्थल निर्माणमा रेन परियोजना र सिराहा नगरपालिकाको सहलगानी रहनेछ। निर्माण कार्य चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर ११, बिहीबार १७:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !