जनमत पार्टीका नेता दिनेश साहुद्वारा साडी वितरण

जनमत पार्टीका नेता दिनेश साहुद्वारा साडी वितरण
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १०, सोमबार ११:४८
जनमत पार्टीका नेता दिनेश साहुद्वारा साडी वितरण

जनकपुरधाम : मधेशको महान पर्व छठको शुभ आरम्भ (खरना) को अवसरमा जनमत पार्टीका नेता दिनेश साहुले धनुषाको कमला नगरपालिका–१, मंगराहामा महिलाहरूलाई साडी वितरण गरेका छन्।

नेता साहुले ६० जना महिलाहरूलाई छठ पर्वको उपलक्ष्यमा साडी वितरण गरेका हुन्। उक्त कार्यक्रमको अध्यक्षता विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य तथा राजर्षि जनक विश्वविद्यालय समिति सभापति सशिकान्त मण्डलले गरेका थिए।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित दिनेश साहु जनमत पार्टीको तर्फबाट धनुषा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत हुन्।

मंगराहा गाउँको हनुमान चौकमा आयोजित कार्यक्रम दिउँसो ४ बजे सुरु भई साँझ ६ बजे सम्पन्न भएको थियो। कार्यक्रममा गाउँका बुद्धिजीवी, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकले कार्यक्रम छोटो रूपमा राख्ने तयारी गरे पनि स्थानीयहरूको बाक्लो सहभागिताका कारण कार्यक्रम लामो समयसम्म सञ्चालन भएको थियो।

कार्यक्रम छठ व्रतालु महिलाहरू र वृद्ध नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको हो। आयोजक समूहका अनुसार गाउँका सबै समुदायको सहयोग र सहभागिताले कार्यक्रम सफल र भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा नेता साहुले छठ पर्वले आस्था र एकताको सन्देश दिने भएकाले यस्ता सांस्कृतिक र सामाजिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने घोषणा गरेका थिए। उनले यस्ता गतिविधिले मिथिला समाजमा धार्मिक एकता र सामुदायिक समृद्धिमा योगदान पुर्‍याउने बताए।

कार्यक्रमका अध्यक्ष सशिकान्त मण्डलले पनि छठ पर्वले परम्परा, आस्था र संस्कृतिको पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

खरनाको व्यस्ततालाई ध्यानमा राख्दै कार्यक्रम छोटो समयमा सम्पन्न गरिएको थियो। अन्त्यमा राष्ट्रिय गानसहित कार्यक्रमको समापन गरिएको आयोजक समूहले जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १०, सोमबार ११:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !