जनकपुरधाममा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

जनकपुरधाममा बंगलादेश सरकारविरुद्ध प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार १८:५२
जनकपुरधाममा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

जनकपुरधाम : जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन्।

ADVERTISEMENT

उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन्। उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन्।

कुनैपनि हिन्दुको हत्या गर्नेहरुको विरोध गर्ने भन्दै आफूहरुले आज विरोध प्रदर्शन गरेको महिला अभियानी विभा ठाकुरले बताइन।

उनले हिन्दू सनातन धर्ममा कसैको पनि हत्या गर्न नमिल्ने र जिउँदो जलाउन नमिल्ने भनेकोले हिन्दू माथिको आक्रमण सहन गर्न नसिकने बताइन।

अभियानी ठाकुरले रोहंगिया बांगलादेशि मुस्लमानहरु दिनहु नेपाल प्रवेश गरेको भिडियो र तस्विरहरु सार्वजनिक भइरहेकाले सरकारले यसलाई रोक्न ठोस कदम उठाउनुपर्नेमा जोड दिइन।

हिजो मात्र जनकपुरधाममा साधुसन्तको नेतृत्वमा भव्य विरोध र्याली निकालिएको थियो। बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको हत्या भएदेखि नेपाल र भारतका विभिन्न स्थानहरुमा दिनहु विरोध प्रदर्शन हुँदै आएको छ।

प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार १८:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !