जेनजी पुस्तालाई सुशासनमा जिम्मेवार बन्न गृहमन्त्रीको आग्रह

जेनजी पुस्तालाई सुशासनमा जिम्मेवार बन्न गृहमन्त्रीको आग्रह
मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार २२:२६
जेनजी पुस्तालाई सुशासनमा जिम्मेवार बन्न गृहमन्त्रीको आग्रह

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका युवालाई सुशासनका मानकहरूमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरेका छन्।

शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुशासन र सेवा प्रवाहका लागि विकास गरिएको सार्वजनिक घोषणा प्रणाली (पीएएस) र टोकन प्रणालीको उद्घाटन गर्दै उनले मानव अधिकार, भ्रष्टाचार नियन्त्रण र पारदर्शितामा जेनजी पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए।

ADVERTISEMENT

जेनजी आन्दोलनबाट बनेको सरकारलाई संस्थागत गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाललाई ‘गुरु राष्ट्र’ बनाउने दिशामा युवाले अभ्यास र नेतृत्व गर्नुपर्ने बताए।

आजदेखि सुरु भएको पीएएस प्रणालीले सेवाग्राही र प्रशासनबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको मन्त्री अर्यालको भनाइ छ। सो अवसरमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले टोकन प्रणालीबाट छिटोछरितो र झन्झटरहित सेवा प्रदान गरिने जानकारी दिए।

गृहमन्त्री अर्यालले आफ्नो कार्यकाल १०० दिन पूरा भएको उल्लेख गर्दै यस अवधिमा सुशासन, नागरिकता, राष्ट्रिय परिचयपत्र र सेवा सुधारका क्षेत्रमा उल्लेख्य काम भएको बताए।

प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार २२:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !