नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने सरकारको निर्णय

नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने सरकारको निर्णय
मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार २२:५४
नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दे संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले गृहमन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

ADVERTISEMENT

त्यस्तै सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल सरकार र जापान सरकारबीच जापान इन्टरन्यासनल ट्रेडिङ कोअपर्रेसन अर्गनाइजेसन जितको अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्वन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय समेत भएको प्रवक्ता खरेल जानकारी दिए।

त्यसतै सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशको मुख्य प्रमुख सचिव पदमा सहसचिव कमल प्रसाद भट्र्राईलाई कायम मुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रकाशित मिति: २०८२ पुष ११, शुक्रबार २२:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !