बबरमहलमा मधेशका मुख्यमन्त्री सोनललाई लोसपा नेपालको स्वागत तथा सम्मान

बबरमहलमा मधेशका मुख्यमन्त्री सोनललाई लोसपा नेपालको स्वागत तथा सम्मान
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १, शनिबार १६:०३
बबरमहलमा मधेशका मुख्यमन्त्री सोनललाई लोसपा नेपालको स्वागत तथा सम्मान

काठमाडौं : मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा स्वागत तथा सम्मान गरिएको छ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मुख्यमन्त्री सोनललाई माला, अबिर र दोपट्टाले स्वागत गर्दै पार्टीप्रतिको योगदान र मधेश आन्दोलनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

ADVERTISEMENT

कार्यक्रममा संघीय लोकतान्त्रिक मोर्चालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मधेश प्रदेशका सम्पूर्ण नागरिकप्रति विशेष आभार व्यक्त गरिएको थियो।

सो अवसरमा वक्ताहरूले मधेश आन्दोलनलगायत अधिकार प्राप्तिका सबै ऐतिहासिक आन्दोलनमा शहादत प्राप्त वीर शहीदहरूलाई प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा लोसपा नेपालका केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेतागण, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थितिमा पार्टी एकता, मधेश प्रदेशको विकास र आगामी राजनीतिक रणनीतिबारे समेत छलफल गरिएको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक १, शनिबार १६:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !