सिरहामा अपहरणमा परेका १५ वर्षीय किशोरको ह’ त्या

सिरहामा अपहरणमा परेका १५ वर्षीय किशोरको ह’ त्या
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ आश्विन ७, मंगलवार ०९:३४
सिरहामा अपहरणमा परेका १५ वर्षीय किशोरको ह’ त्या

सिरहा : सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंह मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार सोमबार बिहान घर नजिकैको आँप बगैँचामा उनको शव भेटिएको हो। घटनास्थलमा डग टोली बोलाउने तयारी भइरहेको उनले बताए।

ADVERTISEMENT

परिवारका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे घरबाट हराएका थिए। रातभर खोजी गर्दा फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो। त्यसबारे तत्कालै प्रहरीले जानकारी पाएको सूचना अधिकारी यादवले बताए।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार ०९:३४
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !