जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा

जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
मधेशपत्र मधेशपत्र २०८२ आश्विन २, बिहीबार १३:१५
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा

काठमाडौँ : डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

ADVERTISEMENT

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक डा.सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।

पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौँ । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौँ ।’

प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार १३:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !