मधेशका उद्योग मन्त्री बसन्त कुशवाहाको राजीनामा

मधेशका उद्योग मन्त्री बसन्त कुशवाहाको राजीनामा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार २०:१३
मधेशका उद्योग मन्त्री बसन्त कुशवाहाको राजीनामा

जनकपुरधाम : मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत मंगलबार बुझाएको राजीनामा पत्रमा उनले हालको राजनीतिक परिस्थिति र नयाँ पुस्ताको आन्दोलनलाई आत्मसात् गर्दै मन्त्री पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्।तर ,मन्त्री कुशवाहाको पत्र एक हप्तापछि उनले आज राजीनामा पत्र सार्वजनिक गरेका हुन।

ADVERTISEMENT

‘वर्तमान राजनीतिक परिस्थितिले देशलाई अस्थिर बनाएको छ। नयाँ जेन–जी पुस्ताका युवाहरूको आन्दोलन, उनीहरूको माग र भावनालाई आत्मसात् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयतालाई सुदृढ बनाउन निरन्तर संघर्ष र बलिदानका लागि तत्पर रहने छु,’ राजीनामा पत्रमा मन्त्री कुशवाहाले भनेका छन्।

उनले आफू सधैं जनताको सेवामा प्रतिबद्ध रहने उल्लेख गर्दै मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारीबाट अलग भएको जनाएका छन्।

कुशवाहा जनमत पार्टीका नेता हुन्।

 

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार २०:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !