संसद् भवन परिसरमा भेला हुन थाले युवा

संसद् भवन परिसरमा भेला हुन थाले युवा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २४, मंगलवार ०८:५३
संसद् भवन परिसरमा भेला हुन थाले युवा

काठमाडौँ : नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् ।

अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । ‘हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,’ एकजना युवाले भने ।

ADVERTISEMENT

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार ०८:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !