धनुषामा करेन्ट लागेर एक जनाको मृ’त्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृ’त्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १८, बुधबार ०९:२४
धनुषामा करेन्ट लागेर एक जनाको मृ’त्यु

धनुषा : मिथिला नगरपालिका–१० लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ।

मंगलवार साँझ स्थानीय जानुका कार्कीको घरमा वाइरिङको काम गर्दै गरेका ४० वर्षीय राजकुमार श्रेष्ठ करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ADVERTISEMENT

श्रेष्ठको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार ०९:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !