जनकपुर न्यूरोः पैसा असुल्ने दाउमा सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि…

जनकपुर न्यूरोः पैसा असुल्ने दाउमा सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि…
सुरेन्द्र यादव सुरेन्द्र यादव २०८२ भाद्र १६, सोमबार ०९:३५
जनकपुर न्यूरोः पैसा असुल्ने दाउमा सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि…

जनकपुरधाम : जनकपुरधाममा सञ्चालित जनकपुर न्यूरो हस्पिटलले पैसा असुल्नका लागि बिरामीको गलत रिपोर्ट बनाएको पाइएको छ । सामान्य चोटपटक लागेको बिरामीलाई गर्दनको सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको रिपोर्ट हस्पिटलले तयार गरेको पाइएको हो ।

न्यूरोमा उपचारका लागि पुगेका धनुषाको मिथिला नगरपालिका–८ जमुिनवासका उमेश महतोका तीन वर्षीय छोरा प्रियान्स महतोको गर्दनमा लागेको सामान्य चोटपटकको ‘सीटी स्क्यान’ गरी सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको रिपार्ट बनाइएको हो ।

ADVERTISEMENT

न्यूरोका चिकित्सकले सी–५ र सी–७ हड्डी ‘फ्याक्चर’ भएको भन्दै अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि प्रियान्सका बुबा उमेश अप्रेशनका गराउन काठमाडौँको नर्भिक अस्पताल पुगेर त्यहाँ पुनः सिटी स्क्यान गराउँदा सामान्य चोटपटक लागेको रिपोर्टमा आएपछि जनकपुर न्यूरोले गलत रिपोर्ट बनाएको तथ्य बाहिरिएको हो ।

जनकपुर न्यूरोका चिकित्सकले अप्रेशन गर्नुपर्ने भनेको प्रियान्सको काठमाडौँको नर्भिकमा बिना अप्रेशन ठिक भएपछि जनकपुर न्यूरोले पैसाका लागि गलत रिपोर्ट बनाएर अप्रेशन गराउन बाध्य बनाइरहेको रहस्य खुलेको छ ।

छतबाट खसेर घाइते भएका छोरालाई उपचारका लगि न्यूरो हस्पिटलमा भर्ना गराएको बुबा उमेश महतोले बताए । ‘न्यूरोका चिकित्सकले प्रियान्सलाई सदन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गर्न थाले । प्रियान्सको शरीरमा बाहिरि चोट नदेखिए पनि छोरा अचेत अवस्थामा पुगिसकेका थिए’, महतोले भने,‘ छोरालाई चिकित्सकले सिटी स्क्यान र एक्सरे गर्न लगाए । त्यसको भोलिपल्ट बिहान ११ बजे सिटी स्क्यानको रिर्पोट आयो । रिपोर्ट आएपछि चिकित्सकले हामीलाई बोलाएर सी ५ र सी ७ स्पाइनलमा समस्या देखिएको छ । तत्कालै शल्यक्रिया (अप्रेशन) गर्नुपर्छ भन्यो ।’

प्रियान्सका परिवाजनले अप्रेशनको न्यूरोमै गराउने की बाहिर लैजाने छलफल गर्न थाले । अन्त्यमा उनीहरुले जनकपुरमा अप्रेशन नगराउने निस्कर्ष निकाले र काठमाडौँ जाने योजना बनाए ।

त्यसपछि न्यूरोका चिकित्सकले बाहिर लैजान त सक्नुहुन्छ तर बिरामीको शरीर हल्लिनु हुँदैन भनेर सुझाएको उमेशले बताए । ‘हामीहरु न्यूरोको रिपोर्टमा पूर्ण सन्तुष्ट थिएनौं । यहाँ अप्रेशन गराउन डर लाग्यो त्यसमा चिकित्सकले बाहिर लैजाँदा शरीर हल्लिनु हुँदैन भन्यो । त्यसपछि हामीले काठमाडौँमा रहेका आफन्तलाई जानकारी गरायौँ’, महतोले भने, ‘आफन्तले काठमाडौँको नर्भिक हस्पिटलबाट हेलिकप्टरमार्फत चिकित्सकसहितको टोली पठाए । भर्ना भएको करिब १६—१७ घण्टामा जनकपुरको न्यूरोबाट काठमाडौँ लग्यौँ ।’

‘नर्भिकमा फेरी त्यहीँ जाँचहरु गर्‍यो तर त्यहाँ त्यस्तो केहि समस्या छैन् चिकित्सकले भन्यो । अप्रेशन गर्नुपर्दैन औषधिले ठिक हुन्छ भनेपछि हामीलाई राहत भयो’ छोराको उपचारमा भोगेको पिडा सम्झिदैँ महतोले भने, ‘जनकपुर न्यूरोले पैसाकै लागि गलत रिपोर्ट बनाएर अप्रेशन गर्न खोजेको रहेछ थाहा पाए ।’

जनकपुर न्यूरो हस्पिटलमा १६(१७ घण्टाको उपचारमा मात्रै पौने दुई लाख रुपैयाँ बुझाएको उनले बताए । ‘नर्भिकका चिकित्सकले दुई दिनमै घर लैजान भनेका थिए । तर पनि हामीले छोराको स्वास्थ्यमा राम्रोसँग सुधार भएपछि मात्रै घर फर्किने भनेर ७ दिन नर्भिकमा बसेका थिए, उनले भने, हामी घर आएपछि जनकपुरको न्यूरोमा पुगेर तपाईंहरुको गलत रिपोर्टका कारण हेलिकप्टर भाडामा मात्रै मेरो चार लाख भन्दा बढी खर्च भयो । हेलिकप्टर भाडा न्यूरोले व्यहोर्नुपर्छ भनेर हस्पिटल सञ्चालक तथा चिकित्सक विजय राउतलाई भन्यौँ। तर उहाँले तपाईंको छोराको ज्यान जोगाएको भन्दै उल्टै थर्काए ।’

न्यूरोका सञ्चालकले थर्काएर पठाएपछि न्यायको गुहार गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको उनले बताए । ‘ न्यूरोको कारण आफूलाई अनावश्यक खर्च भएको रकम तिराउन जिल्ला अधिकारी समक्ष निवेदन दिए । तर त्यहाँ कुनै सुनवाइ नै नगरी अहिलेसम्म मेरो निवेदन प्रशासनमै थन्किएको छ,’ महतोले भने,‘न्यूरोका कारण मेरा परिवारले आर्थिक र मानसिक पीडा झेलेको छ । डाक्टरलाई हामी भगवानको दोस्रो रुपमा बुझ्छौँ । तर पैसाकै लागि गलत रिर्पोट बनाउने, समान्य औषधिबाटै निको हुने चोटपटकलाई अप्रेशन गर्नर्ला सुझाव दिने न्यूरो हस्पिटलले उपचारको नाममा पैसा लुट्ने काम गरिरहेको छ ।’

सडक दुर्घटनामा परी घाइते भएकाहरु न्यूरो हस्पिटलमा पुग्ने गरिन्छ । जतिसुकै गम्भीर घाइते भएकाहरु पुगेपनि भर्ना गरिन्छ । दुनियाँमा हुने न्यूरो सम्बन्धी उपचार जनकपुरमै भैइरहेको हस्पिटल सञ्चालक तथा न्यूरो सर्जन डा.विजय राउतको दाबी छ । महिनौंसम्म उपचार गर्दा पनि बिरामीको स्वास्थ्यमा सुधार नभएपनि रेफर गर्दैन् । बिरामीको स्वास्थ्यमा सुधार नदेखेपछि परिवाजनले पैसा दिन अनाकानी गर्न थालेपछि मात्रै रेफर गरिन्छ ।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार ०९:३५
सुरेन्द्र यादव

सुरेन्द्र यादव

लेखक


तपाईको प्रतिक्रिया !