खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार २०:१३
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

वीरगन्ज : संघीय खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी चर्काचर्की गर्ने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमै चर्काचर्की गर्ने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको विषयमा सोधपुछका लागि किरणलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो।

वीरगन्जमा फैलिएको हैजाको संक्रमणका कारण युवतीका पिता सहित परिवारका अन्य सदस्यहरू गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा भर्ना भएको विषयलाई लिएर मन्त्री यादव र मेयर सिंहलाई फोन गरेको र कुराकानीको क्रममा ज्यान मार्ने धम्की दिएको गुनासो आएपछि आवश्यक अनुसन्धानका लागि किरणलाई नियन्त्रणमा लिइएको प्रवक्ता लम्सालले जानकारी दिए।

खानेपानी मन्त्रीलाई फोनगरी किरणले अभद्र रूपमा कुराकानी गरेको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि नै भाइरल भएको छ।

यो पनि हेर्नुस्

खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )

 

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २०:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !