खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )

खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार ०५:५५
खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की (भिडियो )

पर्सा : संघीय खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला नियन्त्रण बाहिर गएको आरोप लगाउँदै बिरगंजकी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन्।

ADVERTISEMENT

हाल हैजा र झाडापखालाका कारण पर्सा र आसपासका जिल्लामा दर्जनौँ नागरिकको ज्यान गइसकेको छ भने सयौँ संक्रमित अस्पतालमा उपचारको पर्खाइमै छट्पटी भइरहेका छन्। यस्तो अवस्थामा समेत जनप्रतिनिधिहरूको सक्रियता नदेखिएको भन्दै साहले तीव्र असन्तोष व्यक्त गरेकी हुन्।

‘मेरा आफ्नै चार जना परिवार अहिले आईसीयूमा जीवन–मरणको संघर्ष गरिरहेका छन्। संक्रमित बिरामीलाई समयमै उपचार र आवश्यक सुविधा मिलिरहेको छैन। तर मन्त्रीज्यू फोन उठाउन समेत तयार छैनन्,’ उनले भनिन्।

साहका अनुसार उनले मन्त्रीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा फोन नउठेपछि आक्रोशित हुँदै प्रत्यक्ष चर्काे शब्दमा आपत्ति जनाउन बाध्य भएकी थिइन्।

यता स्थानीयवासीले समेत हैजा र झाडापखालाको त्रास फैलिँदो क्रममा हुँदा सरकार जिम्मेवार बन्नुपर्ने माग गर्दै आक्रोश पोखिरहेका छन्। उनका अनुसार ‘स्वास्थ्य र खानेपानी व्यवस्थापनमा बेवास्ता हुँदा सामान्य रोग पनि महामारी बनेको छ।’

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार ०५:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !