सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार ०९:४०
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सर्लाही : सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षाबाट सर्लाहीको मलंगवातर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकलमा आएका किशन महरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले बोकेको हतियार श्याम महरालाई जिम्मा दिएको बताएका थिए।

ADVERTISEMENT

उनको बयानका आधारमा प्रहरीले श्याम महरालाई समेत नियन्त्रणमा लिएर बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

दुवैजनामाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमतिपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ०९:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !