मुख्यसचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति,६० वर्षमै अवकाश

मुख्यसचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति,६० वर्षमै अवकाश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार १६:१०
मुख्यसचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति,६० वर्षमै अवकाश

काठमाडौँ : राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्यसचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति जुटेको छ ।

हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ । यसलाई घटाएर दुई वर्ष मात्रै कायम गर्ने गरी प्रतिनिधि सभाले सहमति गरेर संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पठाएको छ ।

ADVERTISEMENT

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यसचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति गरेको हो ।

निजामती सेवामा अवकाशको उमेर भने ६० वर्ष हुने छ । हाल ५८ वर्ष रहेको छ । निजामती सेवा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।

यो विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

विधायन समिति सचिवालयका अनुसार बुधबारसम्म विधेयकको दफा २५ सम्म छलफल भएको छ । विधेयकमा १४७ वटा दफा छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार १६:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !