बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न

बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार २३:२३
बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया : जिल्लामा चालु आर्थिक यस वर्षमा सतप्रतिशत वर्षे रोपाइँ भएको छ। यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो।

पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि सतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायत जातका धान रोपिएका छन्।

पटकपठक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती सप्रिएकाले उत्पादनमा कमी नहुने केन्द्रका अर्थविज्ञ गणेश महराले विश्वास व्यक्त गरे।

उनका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिकटन धान उत्पादन भएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार २३:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !