मन्त्री कुशवाहा बौधिमाईमा भगवान श्रीकृष्ण छठिहार मेला सहभागी

मन्त्री कुशवाहा बौधिमाईमा भगवान श्रीकृष्ण छठिहार मेला सहभागी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार ००:२५
मन्त्री कुशवाहा बौधिमाईमा भगवान श्रीकृष्ण छठिहार मेला सहभागी

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहा शुक्रबार बौधिमाई नगरपालिका–३, मटिअर्वामा आयोजित भगवान श्रीकृष्ण छठिहार मेलामा सहभागी भएका छन् ।

मन्त्री कुशवाहाले मेलामा उपस्थित भक्तजन तथा स्थानीय जनसमुदायसँग भेटघाट गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उनले परम्परागत संस्कृति र धार्मिक मेलाले सामाजिक एकता र सहकार्यलाई बलियो बनाउन सहयोग पुर्‍याउने उल्लेख गरे ।

ADVERTISEMENT

मेलाको अवसरमा मन्त्री कुशवाहाले पूर्व वडाध्यक्ष श्रीभगवान पटेलसहितका स्थानीय नेता र जनसमुदायसँग क्षेत्रीय विकास, भौतिक पूर्वाधार विस्तार र समसामयिक राजनीतिक विषयमा छलफलसमेत गरेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ००:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !