झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते

झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार २१:५८
झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते

झापा: झापाको शिवसताक्षी नगरपालिका–१० किरात चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो कुन्जिबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

ADVERTISEMENT

उनका अनुसार घाइते हुनेमा झापा बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिकमाया खतिवडा, ५० वर्षीया रूपादेवी उप्रेती, बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन, उनकी छोरी १३ वर्षीया सावरी खातुन, ३५ वर्षीया सफिना खातुन, उनका सात वर्षीय छोरा इसाफ आलम, तीन वर्षीय छोरा फरियाफ आलम, शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन्।

सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ। अन्य सबै घाइते सामान्य छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ।

बस चालक मोरङ उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार २१:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !