काठमाडौंको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय गोलेलाई पक्राउ

काठमाडौंको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय गोलेलाई पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार ०७:५४
काठमाडौंको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय गोलेलाई पक्राउ

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा एक १५ महिने बालिका बलात्कृत भएकी छिन् । यो अमानवीय घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-८ स्थायी घर भएका गोलेलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार, आरोपी गोलेलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, पीडित बालिका आफ्नी २८ वर्षीया आमासँग गोठाटारमा डेरा गरी बस्दै आएकी थिइन् । सोही ठाउँमा बस्ने गोलेले भदौ २ गते बालिकालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको खुलेको छ ।

ADVERTISEMENT

घटना सार्वजनिक भएलगत्तै प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । साथै, आरोपी गोले विरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए । यो घटनाले समाजमा नाबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ०७:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !