डा.राउतको स्वास्थ्य अवस्था बुझ्न अब्दुल खान अस्पताल पुगे

डा.राउतको स्वास्थ्य अवस्था बुझ्न अब्दुल खान अस्पताल पुगे
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:५३
डा.राउतको स्वास्थ्य अवस्था बुझ्न अब्दुल खान अस्पताल पुगे

काठमाडौँ : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको स्वास्थ्य अवस्था बुझ्न पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खान नेपाल प्रहरी अस्पताल पुगेका छन्।

डा.राउतको तीन-चार दिनपहिले पथली (अपेन्डिक्स) को शल्यक्रिया (अप्रेसन) गरिएको र अहिले प्रहरी अस्पताल, महाराजगञ्जमा उपचाररत रहेको जनमत पार्टीले जनाएको छ।

ADVERTISEMENT

वरिष्ठ उपाध्यक्ष खान बुधबार अस्पताल पुगेर डा. राउतको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूबाट जानकारी लिएका थिए। उनले राउतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

पार्टीका अनुसार हाल डा. राउतको स्वास्थ्य अवस्था सामान्य भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !